म पनि किसानकै छोरो हो, किसानकै हितको लागि काम गर्छु– नयाँ कृषि विकास मन्त्री

Advertisement

काठमाडौंः कृषि विकासमन्त्री रामकृष्ण यादवले केही दिनभित्रै कृषिसम्बन्धी नयाँकार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । रिपोर्टर्स क्लवमा सोमबार उनले कृषि क्षेत्रलाई सवल, सुदृढ र उत्पादनमुखी बनाउनको लागि केही दिनभित्रै नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताए ।

यादवले भने, ‘कृषि क्षेत्र राम्रो भयो भने मुलुकको आर्थिक क्षेत्र पनि सवल हुन्छ, त्यसैले यो क्षेत्रलाई सवल र उत्पादनमुखी बनाउनको लागि मैले छिट्टै अल्पकालिन, मध्यकालिन र दिर्घकालिन नीति तथा योजना सार्वजनिक गर्दैछु ।’

आफू पनि किसानको छोरा भएकोले कृषि क्षेत्रको विकास र कृषकहरुको हितका लागि काम गर्ने उनले बताए । यादवले नेपाल कृषिप्रधान देश भएकोले कृषिको व्यवस्थापन गर्नु ठूलो दायित्व भएको बताए ।

उनले भने, ‘म पनि किसानको छोरा हुँ, किसानका समस्याहरु मलाई पनि राम्रोसँग थाहा छ, किसानलाई समयमा मलखाद्य र बीउबिजन उपलब्ध गराउनेछु ।’ कृषि मन्त्रालयमा, वैज्ञानिक तथा विज्ञहरुको उपस्थिति राम्रो भएकोले किसानमुखी योजनाहरु अघि सार्न सकिने यादवको विश्वास छ ।

मन्त्री यादवले किसानलाई तत्काल राहत पुग्नेगरि आफूले कार्यक्रम ल्याउने समेत स्पष्ट पारे । उनले तराई मधेसको विभिन्न जिल्लामा ५० प्रतिशत मात्रै खेती भएकोले यसलाई बढाउनको लागि आफूले सिँचाई लगायतअन्य कुराहरुमा समेत विशेष ध्यान दिने जनाए ।

सुख्खा क्षेत्रमा तत्कालै आवश्यक सहयोग गर्ने तयारी भइरहेको भन्दै यादवले आफ्नो कार्यकालमा किसानहरुले परिवर्तनको अनुभुति पाउने बताए ।

Advertisement

Advertisement

Advertisement