नेप्सेमा झण्डै दोहोरो अंकको सुधार, होटलले उचाल्यो बजार

Advertisement

काठमाडौंः पछिल्लो समयमा उतार चढावबीच गुज्रिएको सेयर बजारमा सोमबार सुधार देखिएको छ । आज सेयर बजार परिसुचक नेप्से ९ दशमलव ४१ अंकले बढेर एक हजार ६५२ दशमलव ६९ अंक कायम भएको छ भने एक अर्ब चार करोड रुपियाँको सेयर किनबेच भएको छ ।

होटल समूहका कम्पनीहरुमा उत्साहजनक वृद्धि हुँदा नेप्सेमा सुधार आएको हो । होटल समूहको उपसुचक ६ दशमलव ८२ प्रतिशत अर्थात १६१ दशमलव २८ अंकले बढेको छ । त्यसपछि धेरै बढनेमा जलविद्युत र वित्त समूहको उपसुचक सरदर डेढ प्रतिशतले उक्लिएको छ ।

सबै समूह उकालो लाग्दा बिमा समूहको उपसुचक भने पाँच प्रतिशतभन्दा बढिले गिरावट आएको छ । आज धेरै कारोबार गर्नेमा सानिमा बैंक पहिलो नम्बरमा छ । उसको चार करोड ५१ लाख रुपियाँको सेयर किनबेच भएको छ । त्यस्तै, धेरै नाफा गर्नेमा नेशनल माइक्रोफाइनास वित्तीय संस्था र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा काबेली विकास बैंकका लगानीकर्ता पहिलो नम्बरमा छन् ।

Advertisement

Advertisement

Advertisement