वैदेशिक रोजगारीमा मृत्यु हुनेको परिवारलाई दिइँदै आएको क्षतिपूर्ति तीनबाट सात लाख पुर्याइयो

Advertisement

काठमाडौंः सरकारले वैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्य भएका कामदारहरुको परिवारलाई दिँदै आएको राहत तथा क्षतिपूर्ति रकममा वृद्धि गरी सात लाख रुपियाँ पुर्याएको छ ।

यसअघि पीडित परिवारलाई सरकारले तीन लाख रुपियाँ दिँदै आएकोमा त्यसमा सतप्रतिशतभन्दा बढि वृद्धि गरी सात लाख रुपियाँ पुर्याइएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोडले वैदेशिक रोजगार विनियमावाली संशोधन गर्दै मृत परिवारले पाउँदै आएको क्षति पूर्ति रकममा भारी वृद्धि गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले दिएको जानकारी अनुसार पीडित परिवारलाई दिँदै आएको राहत तथा क्षतिपूर्तिमा वृद्धिसँगै कामदारहरु विदेश जाँदा लाग्ने दस्तुरमा समेत वृद्धि गरिएको छ । जसअनुसार यसअघि प्रत्येक कामदारले एक हजार रुपियाँ तिर्दै आएकोमा सोमबारबाट एक हजार पाँचसय र दुई हजार पाँचसय कायम गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारहरुकै हितका लागि बनाइएको कल्याणकारी कोषमा उक्त रकम जम्मा हुने गर्दछ । नयाँ नियमअनुसार तीन वर्ष भन्दा कम समयमा लागि श्रम स्वीकृत लिइ विदेश जानेबाट एक हजार पाँचसय र सोभन्दा बढी समयमा लागि श्रम स्वीकृत लिएर जानेबाट दुई हजार पाँचसय रुपियाँ लिइने छ । नेपालमा रोजगारीको अवसर नपाएर कामका लागि बाहिरिएका लाखौं नेपाली युवाहरुमध्ये बर्षमा करिव एक हजारको मृुत्यु हुने गरेको छ ।

Advertisement

Advertisement

Advertisement