एनसेलको फोरजी सेवा अब थप १० शहरमा

Advertisement

काठमाडौंः एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको छ । यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारीक रुपमा फोरजी सेवा सुचारु हुने एनसेलले घोषणा गरेको छ ।

यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि मंगलबार देखि दु्रत गतिको मोवाइल ब्रोडब्याण्ड सेवाको अनुभव लिन सक्नेछन् ।

आफ्नो सिम कार्ड अझै फोरजी सिममा परिवर्तन नगरेका ग्राहकले फोरजी सेवाको लाभ लिनका लागि आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् ।

एनसेलको फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोटसहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा उपलब्ध छ । पछिल्लो सेवा विस्तार सँगै एनसेलको फोरजी सेवा देशका विभिन्न भागमा रहेका १७ शहरमा पुगेको छ ।

साथै थप १० वटा शहरमा एकै साथ फोरजी सेवा सञ्चालनमा आएको अवसरमा एनसेलले यी शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिनसम्म निःशुल्क अनलाइन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ ।

ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथ ३० दिनसम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक दुई करोडभन्दा बढि गीतहरु रहेको एक वृहत डिजिटल लाइब्रेरी हो । जसमा १५ हजारभन्दा बढि नेपाली गीत संगीतहरु पनि छन् ।


  • ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि फोरजी सेवा को लाभ लिन सक्ने



  •  यो विस्तारसँगै एनसेलको फोरजी सेवा १५ प्रतिशत जनसंख्याको पहुँचमा



  • यी १० शहरमा फोरजी सेवा चलाउने ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी ३० दिन सम्म योण्डर म्युजिक एपमा निःशुल्क गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गर्न सक्ने



ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने बारेमा जानकारी लिन सक्नेछन् । फोरजी/एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्ने एनसेलले जनाएको छ ।

एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा फोरजी सेवा विस्तार गर्दै ग्राहकलाई दु्रत गतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरबाट लाभ पुर्याउने लक्ष्य लिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरिरहेको जनाएको छ ।

फोरजी/एलटिई सेवाको सुरुवात सँगसँगै एनसेलले ग्राहकलाई आकर्षक साप्ताहिक कम्बो प्याक प्रदान गर्दै आएको छ । यसअन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याकमार्फत लिन सक्नेछन् ।

एनसेलका ग्राहकले आफ्नो आवश्यकता बमोजिम रु १५०, रु ३०० र रु ५०० को प्याक खरिद गरी आकर्षक डेटा, टक टाइम र एसएमएसको मजा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न आर्कषक डेटा प्याक लिन पनि सक्छन् ।

एनसेल आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड भिडियोमा पहुँच हुने जस्ता रोचक अफरहरु ल्याउन प्रतिबद्ध छ ।

Advertisement

Advertisement

Advertisement