नेप्सेमा सुधारको संकेत: परिसूचक ६ दशमलव ४६ अंकले बढ्दा कारोबार रकम भने बढ्न सकेन

Advertisement

काठमाडौं: कारोबार रकममा खासै वृद्धि नदेखिएपनि मंगलबारको नेप्से परिसूचक ६ दशमलव ४६ अंकले बढेर १६ सय ५९ दशमलव १५ बिन्दुमा पुगेको छ ।
हिजो बिमाले धानेको बजार, आज भने आठ समूहमध्ये बिमा समूह नै ओरालो लाग्न पुगेको छ।

नेस्पे परिसूचक बढेपनि कारोबार सेयर बजारमा आज १ अर्ब ४ करोड रुपियाँको कारोबार भएको छ। आज मात्रै १५८ कम्पनीको १ अर्ब ३ करोड १३ लाख ४२ करोड ९२३ रुपियाँको शेयर खरिदबिक्री भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ ईण्डेक्स शुन्य दशमलव ५४ अंकले बढेर ३४७ दशमलव ४० अंकमा आइपुगेको छ ।

आज सबैभन्दा बढी विकास बैंकको ३६ दशमलव ३ अंकले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन मूलक समूह ३३ दशमलव ९३ अंकले, जलविद्युत समूह १४ दशमलव ३४ अंकले, बैंकिङ १ दशमलव ११ अंकले, होटल १ दशमलव २६ अंकले, फाइनान्स ८ दशमलव ९६ अंकले, र अन्य समूह १० दशमलव ७ अंकले बढेका छन् । तर विमा समूह भने ४३ दशमलव ३८ अंकले घटेको छ ।

आज सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । त्यस्तै ओरियन्टल होटल लिमिटेडको ३ करोड ९५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कमाउनेमा नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यी कम्पनीले १० प्रतिशतले बढेको छ ।

Advertisement

Advertisement

Advertisement