सरकारद्वारा ११ डिआइजीलाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा, सिलवाल भने परेनन्

Advertisement

काठमाडौँ: मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीमा रिक्त अतिरिक्त प्रहरी महानिरीक्षकमा ११ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को बढुवा गरेको छ ।

बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दिएको जानकारी अनुसार बढुवा हुनेमा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई छन् ।

तर सरकारले प्रहरी महानिरीक्षक पदको दाउमा रहेका प्रहरी नायब महानिरीक्षक नबराज सिलवाल को बढुवा भने रोकेको छ । उनले दर्ता गरेको मुद्दा अहिले सर्बोच्च अदालतमा बिचाराधिन अवस्था रहेको छ। उनी अहिलेसम्म पनि घरबिदामा नै रहेका छन् ।

Advertisement

Advertisement

Advertisement