माछापुच्छ्रेको चार नयाँ ठाउँबाट शाखारहित बैकिङ सेवा सुरु

Advertisement

काठमाडौं: माछापुच्छ्रे बैंक लिमिटेडले पन्देहीस्थित गैंडहवा, रोहिणी तथा सम्मरीमाई गाउँपालिकाहरुमा ४ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा सुरु गरेको हो । ग्राहक सेवा केन्दको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रबाट खाताखाल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटे्न्यस भूक्तानी, साथै कर्जा आवेदनगर्ने समेत व्यवस्था गरेको छ ।

 

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउने जनाएको छ ।

यूकेएडकै सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्नवर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्ने घोषणा गरेको छ ।

Advertisement

Advertisement

Advertisement