चौथो त्रैमासमा प्रभुको खुद मुनाफा एक अर्व ७५ करोड माथि, खराब कर्जा एक अर्व ७२ करोड उठ्यो

Advertisement

काठमाडौं: प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा एक अर्व ७५ करोड १५ लाख रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल देखिएको छ।

गत वर्षको तुलनामा यस वर्षको अन्तिम त्रैमाससम्म आइपुग्दा, यो खुद मुनाफा ५३ दशमलव २७ प्रतिशतले बढी रहेको बैंकले जनाएको छ ।

बैंकले गत वर्षको सोही अवधिमा एक अर्व १४ करोड ७८ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको थियो । हाल बैंकसंग ५ अर्व ८८ करोड रुपियाँ चुक्ता पूँजी छ । त्यस्तै, बैंकको जगेडाकोषमा दुई अर्व ५ करोड रुपियाँ रहेको छ भने बैंकको निक्षेप संकलन ३५ प्रतिशतले वृद्धि गरि ८१ अर्व ३४ करोड ९५ लाख रुपियाँ संकलन गरेको छ । बैंकले कर्जा प्रवाहमा भने ६१ अर्व ९७ करोड ९५ लाख रुपियाँ लगानी गरेको छ । जुन गत आवभन्दा २७ दशमलव ८ प्रतिशतले बढी रहेको छ ।

त्यसैगरी, बैंकको खुद व्याज आम्दानी २८ दशमलव ५० प्रतिशतले बढेर २ अर्व ५२ करोड ९४ लाख रुपियाँ पुगेको छ।

बैंकको प्रोभिजनमा ३४ करोड रुपियाँ नोगेटिभमा रहेको छ भने १ अर्व ७२ करोड १७ लाख रुपियाँ खराबकर्जा उठाउन सफल भएको छ ।
त्यस्तै, बैंकको यस निष्कृय कर्जा चार दशमलब ०९ प्रतिशतले घटेर ४ दशमलव २९ प्रतिशत रहने गएको छ।

बैंकको प्रति शेयर आम्दानी २९ दशमलव ७८ रुपियाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ६३ गुणा, प्रतिशेयर नेटवर्थ १३४ दशमलव ८८ रुपियाँ र तरलता अनुपात ३० दशमलव २५ प्रतिशत रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement