टाटा कार मेलाको आकर्षणः चार लाखसम्म छुटदेखि थाइल्याण्ड ट्रिपसम्म

Advertisement

काठमाडौंः टाटा मोटर्स् कार मेला शुक्रबारबाट काठमाडौंको नक्साल बैङ्केटमा सुरु भएको छ । मेलाको उद्घाटन टाटा मोटर्सको नेपालका लागि कन्ट्री म्यानेजर, अजित सिंह र सिप्रदीका जनरल म्यानेजर प्रविन खतिवडाले संयुक्त रुपमा गरे ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको कार मेला यो बर्ष पाँचौं संस्करण हो । साउन २२ गतेसम्म दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म संचालन हुने यस मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको सिप्रदीले जनाएको छ ।

वार्षिक रुपले आयोजना गरिने हुनाले ग्राहकहरु यस सिजनको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गरेको उसले जनाएको छ । कार मेला सिजन ५ को मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स र बीमा सुविधा, टेस्ट ड्राइभ, विभिन्न साँगीतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुति रहेको छ ।

मेला अवधिभर ग्राहकहरुलाई गाडी खरिद गर्दा चार लाखसम्म नगद छुट, आकर्षक उपहारहरु, एक्स्चेन्जमा एउटा फ्रि वास कुपन, हरेक टेस्ट ड्राइभमा दुई वटा मुभी टिकट, निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमा सुविधा र बुकिङमा एक लक्की जोडीलाई थाइल्याण्ड ट्रिपको अफर प्रदान गरिने कुरा कम्पनीले जानकारी गराएको छ ।

विशेष गरि कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस वर्ष उक्त मेलामा तीन हजारभन्दा बढी दर्शकहरुको उत्साहजनक सहभागिता रहने सिप्रदीले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement