महानिरीक्षक अर्यालद्वारा बढुवा भएका १८१ जनालाई दज्र्यानी चिन्ह प्रदान

Advertisement

काठमाडौं: प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मन्त्रीपरिषद्को साउन १९ गतेको निर्णय बमोजिम विभिन्न पदमा पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्म १ सय ८१ जना प्रशासन तथा प्राविधिकतर्फ समेतका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा दज्र्यानी चिन्ह सुशोभन गरेका छन् ।

दज्र्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्रहरी अतिरिक्त महानिरीक्षक ११, प्रहरी नायव महानिरीक्षक १४, प्रहरी वरिष्ठ उपरीक्षक २४, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक १, प्रहरी उपरीक्षक ३४, प्राविधिक प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ८४, प्राविधिक प्रहरी नायव उपरीक्षक २ र प्राविधिक प्रहरी निरीक्षक १० जना रहेका छन् ।

साथै उक्त मितिमा पदोन्नती हुनेमध्ये प्रहरी नायव महानिरीक्षक १, प्रहरी बरिष्ठ उपरीक्षक २, प्रहरी उपरीक्षक १ र प्रहरी नायव उपरीक्षक ८ जना हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।

साथै प्रहरी महानिरीक्षक अर्यालले सम्माननीय राष्ट्रपतिबाट २०७२ जेठ १५ देखि २०७३ जेठ १५ गतेसम्म गणतन्त्र दिवसका दिन घोषित बिभूषणहरुमध्ये अलंकार तथा पदक प्राप्त गर्ने १३ जना प्रहरी अधिकृतहरुलाई सोही समारोहमा अलंकार तथा पदकद्वारा सुशोभन समेत गरेका थिए ।

अलंकार तथा पदकबाट सुशोभित हुनेहरुमा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक २, प्रहरी निरीक्षक २, प्रहरी नायव निरीक्षक ४, प्रहरी सहायक निरीक्षक १, प्रहरी हवल्दार १ र प्रहरी जवान २ जना रहेका छन् ।

कार्यक्रम पछि बोल्दै प्रहरी महानिरीक्षक अर्यालले चलायमान संगठनमा हुनुपर्ने नियमित प्रशासनिक कार्यहरु लामो समयदेखि अवरुद्ध भई संगठन र सम्बन्धित सबैले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको अवस्थामा बढुवा गरी संगठनलाई गति प्रदान गरेकोमा संगठनकोतर्फबाट नेपाल सरकारप्रति आभार प्रकट गरे ।

संगठनलाई चुस्त र प्रभावकारी बनाउन हुनुपर्ने आन्तरिक नियमित प्रक्रियाहरु समयमा नै हुनुपर्ने तथा योग्य, सक्षम र क्षमतावान प्रहरी कर्मचारीहरुले बढुवा तथा पुरस्कार लगायतका उचित सम्मान पाउने कुरालाई सुनिश्चित गर्दै निश्चित कार्यतालिका बनाएर यसलाई प्रणालीको रुपमा स्थापित गर्न सदैव प्रयत्नशील रहने बताए ।

नेपाल प्रहरीलाई व्यावसायिक र जनमुखी संस्थाको रुपमा स्थापित गर्दै यसको साख थप उचाईमा पु¥याउन संगठनका हरेक सदस्यमा जिम्मेवारीबोध, दृढ ईच्छाशक्ति र भातृत्वभाव सहितको इमानदार प्रयासको आवश्यकता रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले आ–आफ्नो सिर्जनशीलता प्रर्दशन गर्न उपस्थित सबै प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

सबै सकल दर्जाका प्रहरी कर्मचारी मिलेर आलोचनामुक्त प्रकृया र पद्धतिको निर्माण गर्नुपर्नेमा समेत उनले जोड दिए ।

 

Advertisement

Advertisement

Advertisement