बालक अपहरण गर्ने गिरोहका मुख्य योजनाकार पक्राउ: ५० लाख फिरौती मागेका रहेछन्: प्रहरी

Advertisement

काठमाडौँ: प्रहरीले काठमाडौंका पाँच वर्षीय बालक विशाल चौधरीको अपहरणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ ।

महानगरिय प्रहरी अपराध महाशाखा टेकुले शनिवार पत्रकार सम्मेलन गरी बालक अपहरणमा संलग्न रामेछापका राजु विक र विष्णु पाण्डेलाई सार्वजनिक गरेको हो ।
विकलाई रामेछापबाट र पाण्डेलाई उदयपुरबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

आर्थिक उद्देश्यका साथ बालक अपहरण गरेको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । काठमाण्डौको असनमा व्यापार गर्दै आएका बिजय चौधरीका ५ बर्षिय छोरा विशाल साउन १२ गते पकनाजोलस्थित सरस्वती बोर्डिङ सेकेण्डरी स्कुल गेटबाट अपहरणमा परेका थिए ।

उनलाई अपराध महाशाखाको अनुसन्धान टोलीले १६ गते बिहान काँडाघारीबाट सकुशल उद्धार गरेको थियो । बालक फेला पर्नुअघि अहरणकारीले बालकका आफन्तलाई फोन गरेर ५० लाख रुपैयाँ फिरौति मागेका थिए ।

Advertisement

Advertisement

Advertisement