देव: विकासको मुनाफा २८ करोड ९० लाख, अघिल्लो आवभन्दा ११ दशमलव ९८ प्रतिशलतले बढी

Advertisement

काठमाडौँ: देव: विकास बैंकले आफ्नो आर्थिक कारोबारको अन्तिम चौमासमा कुल २८ करोड ९० लाख खुद मनाफा आर्जन गर्न सफल भएको छ।
बैंकको मुनाफा गएको आर्थिक वर्षको भन्दा ११ दशमलव ९८ प्रतिशतले बढी हो । बैंकसंग हाल १ अर्ब ४४ करोड ४९ लाख रुपियाँ चुक्ता पूँजी रहेको छ भने जगेडाकोषमा ४७ करोड ६४ लाख रुपियाँ जम्मा छ ।

बैंकको निक्षेप संकलन ३९ दशमलव २४ प्रतिशत वृद्धि भई १० अर्ब ४१ करोड ३२ लाख रुपियाँ पुगेको छ, जसबाट कर्जामा ९ अर्ब ५७ करोड ६६ लाख रुपियाँ लगानी गरेको छ ।

बैंकले ५५ करोड ४८ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्षको भन्दा ६१ दशमलव ९८ प्रतिशतले बढी हो।

बैंकको निष्कृय कर्जा २ दशमलव ७५ प्रतिशतबाट घटेर १ दशमलव २४ प्रतिशतमा पुगेको छ।

Advertisement

Advertisement

Advertisement