एमाले महिलामैत्री पार्टी हो भन्ने कुरा स्थानीय निर्वाचनले पुष्टीः ओली

Advertisement

काठमाडौः दक्षिण एसियामा स्थानीय सरकारमा महिला सहभागिता विषयक दक्षिण एसियाली महिला सम्मेलन काठमाडौंमा प्रारम्भ भएको छ । श्रावण २२ गतेदेखि २३ गतेसम्म संचालन हुने सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबार गरे ।

सम्मेलनको मुख्य उद्देश्य दक्षिण एसियामा स्थानीय सरकारमा महिला सहभागिता तथा महिलाअधिकारको संरक्षण एवं प्रवद्र्धन तथा सुशासन, राज्यका सबै संयन्त्रमा महिलाको सक्रिय संलग्नताको सुनिश्चितताका लागि क्षेत्रीय स्तरमा रणनीतिक योजना तय गर्न सहयोग गर्नु रहेको छ ।

यस सम्मेलनमा दक्षिण एसियाली मुलुकहरुका सांसद, नागरिक समाजका अगुवा तथा महिलाअधिकारकर्मीहरु गरी करिब ७० जनाको उपस्थिति छ ।

उद्घाटन कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले महिलाको सशक्तिकरणका लागि ल्याइने धेरै कार्यक्रम सतही रहेको भन्दै महिला सशक्तिकरणका लागि हाम्रो समाज र व्यक्तिका सोच र धारणामा परिवर्तन ल्याउन जरुरी रहेको बताए ।

महिला अधिकारको संरक्षण र प्रबद्र्धनका सन्दर्भमा नेपालको उपलब्धि दक्षिण एसियामै अब्बल रहेको तर यतिले मात्र महिला अधिकारको लक्ष्य प्राप्ति नहुने कुरामा नले जोड दिए । नेपालमा सयभन्दा बढी राजनीतिक पार्टीहरु रहेका तर एमाले गरीब, दलित र महिलाको पक्षमा रहेको कुरा हालै स्थानीय तह निर्वाचनमा निर्वाचित पाँच हजार ३८९ दलितमध्ये ४७ प्रतिशत महिला रहनुले पनि पुष्टि गरेको ओलीको भनाई छ ।

कार्यक्रमको प्रमुख वक्ताका रुपमा आसामको गौहाटी विश्वविद्यालयकी प्राध्यापक जोआना मजब्बिन सहभागी थिइन । बंगलादेश, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका सहाभागीहरुले दुई दिनको अवधिमा दक्षिण एसियामा स्थानीय सरकारमा महिला सहभागिता सन्दर्भमा आप्mनो राष्ट्रको अवस्था र यसको समाधानका उपाय बारेमा छलफल गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement