एनआइसी एशियाले सुरु गर्यो अनलाइन आस्वा सेवा

Advertisement

काठमाडौं: एनआइसी एशिया बैंक लिमिटेडले आईतबारबाट अनलाइन आस्वा सेवा प्रारम्भ गरेको छ ।

बैंक २०७३ माघदेखि नै आस्वा प्रणालीमा गइसकेको भएपनि उसले आफ्नो बैंकको २०औं वार्षिकोत्सवको अवसर पारेर अनलाइन आस्वा सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकका ग्रहाकहरुले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवाप्रयोग गरी निःशुल्क रुपमा अनलाइन आस्वा सेवा मार्फत आईपीओ, एफपीओ तथा म्युचल फन्डमा आवेदन दिन सक्ने छन् ।

साथै बैंकले सञ्चालनमा ल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाताखोली शुरुमा निःशुल्क रुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्तगर्न सकिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement