अफगानिस्तानमा थप सेना नपठाउने मनस्थितिमा ट्रम्प

Advertisement

मनिलाः अफगानिस्तानमा रहेका नेटो सेनाको नेतृत्व गरिरहेको अमेरिकी सेना अफगानिस्तानमा आगामी दिनमा के कति रहने वा फर्किने भन्ने बारेमा बहस सुरु भएको छ । पछिल्लो बहसअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप अमेरिकी सेना अफगानिस्तानमा नपठाउन पनि सक्ने अनुमान गरिएको छ ।

यो विषयको खुलासा अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले सोमबार गरेका हुन । फिलिपिन्सको मनिलामा सोमबार सम्वाददाताहरुसँग उनले सो खुलासा गरेका हुन ।

क्षेत्रीय सुरक्षासम्बन्धी सम्मेलनका लागि मनिला आएका टिलर्सनले भने – हालैको एक बैठकमा आफ्ना सुरक्षा सल्लाहकारहरुसँग अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा आगामी दिनमा के गर्ने हालकै अवस्थालाई निरन्तरता दिने कि थप सैनिक पठाउने भनेर प्रश्न गर्नुभयो । तर त्यसको जवाफ भने हामीहरुले उहाँलाई दिइसकेका छैनौँ ।’

तर ट्रम्पको मानसिकता बुझ्दा अब अफगानिस्तानमा थप अमेरिकी सेना पठाउने भन्ने बारेमा उनी सकारात्मक नहुन सक्ने पनि सक्ने टिलर्सनको भनाई छ । हाल ह्वाइट हाउसले अफगानिस्तानमा अमेरिकी सुरक्षा नीतिका बारेमा समीक्षा सुरु गरेको जानकारी पनि उनले दिए ।

तर राष्ट्रपति ट्रम्पको सुरक्षासम्बन्धी समूहका सदस्यहरु यस विषयामा विभाजन भएका छन् । उनीहरुमध्ये कतिपयले अफगानिस्तानमा थप अमेरिकी सेना पठाउनुपर्छ भनेका छन् भने कतिले त्यहाँ रहेका सेना पनि फिर्ता बोलाउनुपर्ने बताउदै आएका छन् । टिलर्सनले सम्वाददाताहरुलाई भने ‘तर राष्ट्रपति ट्रम्प भने अफगानिस्तानमा थप सेना पठाउने पक्षमा नरहेकोले नै यस्तो गाह्रो प्रश्न गर्नुभएको हुनसक्छ ।

हाल अफगानिस्तानमा करिब १३ हजार जना नेटो सैनिक छन् । त्यसमा धेरै सङ्ख्या अमेरिकी सेनाको छ । अमेरिकी सेनाले तालिबानविरुद्ध लडाईं गर्न जादैन तर अफगान सेनालाई तालिम दिने गर्दछ । अफगानिस्तानबाट नेटो सेना करिब दुई बर्षअघि फर्किसकेका छन् । त्यहाँ लामो समयदेखि करिब डेढ लाखको सङ्ख्याका नेटो सेना थिए ।

हाल त्यहाँ अमेरिकी सेनाको नेतृत्वमा सानो सङ्ख्यामा सेना रहेका छन् । तर नेटो सेना फर्किएपछि अफगानिस्तानमा तालिबानको हिंसा थप बढेको भन्दै नेटो सेना थप्नुपर्ने आवाज उठिरहेको छ ।

Advertisement

Advertisement

Advertisement