नयाँ फिचरहरुसहित सामसुङ ग्यालेक्सी जे७ म्याक्स नेपाली बजारमा

Advertisement

काठमाडौंः सामसुङ इलेक्ट्रोनिक्सले सामसुङ ग्यालेक्सी जे७ म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ । नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन जे सिरिज अब उत्कृष्ट विशेषताहरुले सुसज्जित भई जे७ म्याक्सका रुपमा प्रस्तुत गरिएको हो ।

यसमा नवीन विशेषताहरु जस्तैः फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकगिन सन, उच्चकार्य क्षमताका लागि चार जिबी र्याम तथा ३२ जिबी मेमोरी जस्ता विशेषता रहेका छन् । आइएमबिज, सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितका अनुसार मध्यमस्तरको स्मार्ट फोन बजारमा सामसुङ जे सिरिजले अग्रता लिंदै आएको छ ।

सामसुङ कम्पनीले आमउपभोक्ताहरुको मागलाई राम्ररी बुझ्ने र त्यसैले गर्दा आफूहरुले सहज जीवनको लागि सार्थक आविष्कारहरु गर्दै आएका छौं भन्दै उनले मध्यमस्तरका मोबाइलहरुको माग दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै आफूहरुले ग्यालेक्सी जे७ म्याक्स मोबाइल बजारमा ल्याएको बताए ।

यसमा भएका विशेषता सुरक्षा, उत्कृष्ट कार्य क्षमताको लागि चार जिबी र्याम तथा ३२ जिबी रोम मेमोरी, नविन फिचरहरु जस्तैः एस–वाइक मोड, एस–सेक्योर, एस–पावर प्लानिङ, स्मार्टग्लोउ, एडप्टिभ वाइफाइ जस्ता सुविधाहरुले गर्दा यो डिभाइसले अग्रणी स्थान प्राप्त गर्ने स्थापितको विश्वास छ ।

क्यामराः कम उज्ज्यालोमा पनि चहकिलो र उत्कृष्ट फोट खिच्न सकिने
जे७ म्याक्समा १३ एमपीको फ्रन्ट क्यामरा र फ्ल्यास रहेको छ, जसमा एफ१.९ को लेन्स लगाइएको छ भने ब्याक क्यामरामा एफ१.७ लेन्सको साथै फ्ल्यास पनि रहेको छ । यस्तो विशेष सुविधायस अघि सामसुङका अग्रणी मोबाइलहरु (फ्ल्यागसिप फोन) मा मात्र उपलब्ध रहदै आएका थियो । यसमा प्रयोग भएको लेन्सले कम उज्यालो भएको अवस्थमा पनि उत्कृष्ट फोटो तथा सेल्फि खिच्न सक्दछ ।

उत्कृष्ट कार्यक्षमता
ग्यालेक्सी जे७ म्याक्समा भएको १.६जिएचजेड ओक्टा(कोर प्रोसेर, फोरजीबी र्यामले निर्बाद रुपमा मल्टि टास्किङको सुविधा प्रदान गर्दछ । यसमा भएको ब्याट्रिले विना रुकावट निरन्तर कार्य गर्दछ । ज्यादा टिकाउहुने ब्याट्रिले समग्र मोबाइलको कार्य क्षमतालाई चुस्तता एवम् भरपर्दो अनुभव प्रदान गर्दछ । यसमा भएको मेटल युनिबडीले स्मार्टफोनलाई अझ स्टाइलिस बनाएको छ ।

ठूलो स्क्रिन र सुधारिएको सुरक्षा
जे७ म्याक्समा एफएभडी स्क्रिन रहेको छ जसले गेमहरु खेल्दा र मुभिहरु हेर्दा सहजता प्रदान गर्दछ । यसमा भएको टचमा आधारित फिङ्गर प्रिन्ट सेन्सर, वेभसाइटमा एकाउन्ट भेरिफाइ सुविधा, तथा फेस रिकग्निसन जस्ता प्रमाणिकरण सुरक्षा रहेका छन् ।

युटिलिटिएवम् सर्भिसेज
यसमा भएको एडेप्टिभ वाइफाई जुन बाइफाइ रेन्जभित्र रहँदाको अवस्थामा स्वतः एक्टिभ हुन्छ भने वाइफाई रेन्जबाहिर रहदाँआफै निष्कृय हुन्छ । यो विशेषताले गर्दा मोबाइल डाटा बचत हुन जान्छ ।

जे७म्याक्स मोबाइलमा भएको डियूल म्यासेन्जर फिचरले म्यासेजिङको लागि थप सहजता प्रदान गर्दछ । यो सुविधाले गर्दा मोबाइलमा दुई कपि एप्स इन्स्टल गर्न सकिन्छ र दुई भिन्न भिन्न एकाउन्टबाट लगिन गरी च्याट गर्न पनि सकिन्छ । अर्को सुविधाभनेको इन्स्टा स्विचिङहो यो नयाँ सुविधाले एप्स र होम स्क्रिनमा भर्टिकल स्वीप गरी सहजै स्वीच गर्न सकिन्छ ।

कम्पनीका अनुसार हालको अफर अन्तर्गत जे७ म्याक्स सेट २८ हजार २९० रुपैयाँमा खरिद गर्न सकिन्छ । कालो र सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी जे७ म्याक्स मोबाइल अगष्ट १ देखि रिटेल स्टोरमार्फत् उपलब्ध हुँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement