सिप्रदीको 'मोबाइल सर्भिस भ्यान सेवा' संचालन, अहिलेलाई वाग्मती अञ्चलभित्र मात्रै

Advertisement

काठमाडौं: नेपालका लागि टाटा हिटाचीको अधिकृत विक्रेता सिप्रदी अर्थमुभर्स प्रालिले मोबाइल सर्भिस भ्यान सञ्चालनमा ल्याएको छ ।

हिजो आयोजित एक कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा हिटाचीका सिनियर जनरल म्यानेजर हेमन्त मथुरले संयुक्त रूपमा सो सर्भिस भ्यानको उद्घाटन गरेका हुन् ।

उक्त सर्भिस भ्यानले टाटा हिटाचीका ग्राहकहरूलाई छिटो र छरितो सेवा प्रदान गर्नुका साथै स्पेयरपार्ट्सहरू पनि तुरुन्त उपलब्ध गराउनेछ । उपभोक्ताले टाटा हिटाचीका एस्काभेटर र ह्विल इकुप्मेन्टहरू बिग्रेको स्थानबाट सम्पर्क गरिसकेपछि उक्त मोबाइल सर्भिस भ्यानले सोही स्थानमा गएर मर्मत गर्नेछ ।

यो भ्यानले अहिलेलाई काठमाडौं भ्यालीभित्र, धादिङ, नुवाकोट, बनेपा र वाग्मती क्षेत्रमा भरपर्दो सेवा प्रदान गर्नेछ । भविष्यमा सो सेवालाई विस्तार गर्दै देशभर पु¥याउने सिप्रदीले जनाएको छ ।

उपभोक्ताको आवश्यकतालाई सक्दो छिटो र सुलभ ढंगले उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यका साथ उक्त भ्यान सञ्चालनमा ल्याइएको श्रेष्ठले बताए ।

Advertisement

Advertisement

Advertisement