अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी साउन २६ देखि, पुस्तक तथा साहित्यप्रेमीहरुका लागि अवसर

Advertisement

काठमाडौंः आउँदो साउन २६ गतेदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी आयोजना हुने भएको छ । विगत दुई दशकदेखि हुँदै आएको यस प्रदर्शनीको यो २१औं संस्करण हो । पुस्तक तथा प्रकाशन क्षेत्र एवं पठन संस्कृतिको विकासका लागि प्रदर्शनी आयोजना गरिँदै आएको आयोजक ग्लोबल एक्सपोजिसनले जनाएको छ । प्रदर्शनी साउन ३२ गतेसम्म चल्नेछ ।

नेपालको सर्वाधिक लोकप्रिय साहित्यिक महोत्सव ‘स्पायर रिडिङ’ (पढ्नलाई प्रेरणा) भन्ने नाराका यस पटकको प्रदर्शनी आयोजना गर्न लागिएको हो । नेपाल पुस्तक तथा स्टेशनरी महासंघसँगको सहकार्यमा गरिने यस वार्षिक मेलामा पुस्तक तथा प्रकाशन सम्बन्धी विभिन्न आयामहरू प्रदर्शनी, बिक्री एवं दैनिक सुचनामूलक कार्यक्रममार्फत पुस्तकप्रेमीहरू समक्ष प्रस्तुत् गरिने छ ।

लगभग ६० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागी संस्थाहरूको फरक–फरक विधाका अनेकौं पुस्तकहरू विभिन्न उमेर समूहका पाठकहरूलाई लक्षित गरी प्रर्दशनीमा राखिएका छन् । यसमा साहित्यिक एवम् जनचेतनामूलक कार्यक्रमहरू मेला अवधि भरी संचालन रहने छन् ।

पुस्तक विमोचन, पुस्तक हस्ताक्षर तथा लेखकहरूसंग साक्षात्कार कार्यक्रमहरू पनि मेला अवधि भरी रहने छन् । यस पुस्तक मेलामा लगभग ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने आयोजकको विश्वास रहेको छ ।

Advertisement

Advertisement

Advertisement