तिब्बत एअरलाइन्सको चेङदु–काठमाडौं सिधा उडान सुरु

Advertisement

काठमाडौंः ल्हासास्थित तिब्बत एयरलाइन्सले चेङदु–काठमाडौंको सीधा उडान सुरु गरेको छ । हिमालय एयरलाइन्सका अनुसार आधारभूत प्रामाणिक उडानपश्चात यो उडान सुरु भएको हो ।

तिब्बत एयरलाइन्सको प्रारम्भिक उडान नं. टीभी९८९९ चेङदु सुनाग्लीउ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ६स्१६ मा प्रस्थान गरी काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ ७स्१५ मा अवतरण गर्नेछ ।

फर्कने उडान टीभी ९९०० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ७स्२५ मा प्रस्थानगरि चेङदुको विमानस्थलमा अर्को दिन राति १२ स्५० मा अवतरण हुनेछ । सुरुमा साताका चार दिन सोमबार, मंगलबार, बिहीबार र शानिबार तिब्बत एयरलाइन्सले उडान गर्नेछ ।

कुल १२८ सिट भएको एअरबस ए(३१९ विमानले यो सेवा प्रदान गर्नेछ । तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागि हिमालय एअरलाइन्सलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement