काठमाडौँ महानगरमा पाँच महिनामै अर्को नयाँ कार्यकारी अधिकृत !

Advertisement

काठमाडौं: काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत पद सम्हाल्न पुनः नयाँ अनुहार आएका छन् ।

नयाँ कार्यकारी अधिकृतको रुपमा सरकारले धनीराम शर्मा पौडेललाई पठाएको छ । यस अघिका कार्यकरी अधिकृत इश्वरराज पौडेल भने पाँच महिनामात्रै काम गरेर गृह मन्त्रालय सरुवा भएका छन् ।

इश्वरराज पौडेल आउनु भन्दा पहिले रुद्र सिंह तामाङले कार्यकारी अधिकृतको रुपमा लामो समय काम गरेका थिए। तर महानगरमा नयाँ मेयर बिध्यासुन्दर शाक्य आएसंगै अहिलेसम्म दुईजना कार्यकारी अधिकृत परिवर्तन भइसकेका छन् ।

Advertisement

Advertisement

Advertisement