एनआरएनए थाइल्याण्डमा नयाँ नेतृत्व, आइसीसीमा ढकाल

Advertisement

बैंकक (थाइल्याण्ड) : गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको अध्यक्षमा आशाजिता अवाले निर्वाचित भएका छन् भने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)को कार्यसमिति सदस्यमा खगेन्द्र ढकाल निर्वाचित भएका छन् ।

एनआएनए थाइल्याण्डको आइतबार भएको सातौं बार्षिक साधारणसभाले अवालेको नेतृत्वमा १५ सदस्यीय राष्ट्रिय समन्वय समिति (एनसीसी) गठन गरेको हो । समितिको उपाध्यक्षमा भविन्द्र बस्नेत, महेन्द्र श्रेष्ठ, साकोड रामा, शंकर अधिकारी, सुविन्द्र राई, महासचिवमा रवि महर्जन निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा कान्छा गुरुङ, सचिवमा जस्वानी राज्यलम्मी राणा, सहसचिवमा केसुराज आचार्य, महिला संयोजकमा मेघा चन्द, युवा संयोजकमा श्रीहरि आचार्य, कार्यकारी सदस्यहरुमा सुवास थापा, कर्मा गुरुङ, अतिशकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

साधारणसभामा थाई सरकार र नेपाली दूतावासका उच्च अधिकारीहरु सहभागी थिए । कार्यक्रममा एनआरएनए थाईल्याण्डका संरक्षक डा. अनिल शाक्यले थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली समुदायको हितका लागि काम गर्न सुझाव लिए ।

सभामा सीपीएन ग्रुपका सहायक उपाध्यक्ष क्रिट कुन्प्लिङ, फुकेटका लागि अवैधानिक दूत प्रा. प्रानी साकुलपिपट, नबो बुद्धाय ग्रुपका अध्यक्ष अफिनिता चइचनालाई नेपाली राजदूत डा. खगनाथ अधिकारी, थाइल्याण्डको संस्कृति मन्त्रालयकी उच्च अधिकारी चाटाबुट निलाराट्टानन र एनआरएन थाइल्याण्डका निवर्तमान अध्यक्ष खगेन्द्र ढकालले सम्मान गरेका थिए ।

ढकालले थाइल्याण्डस्थित नेपाली समुदायको हितका लागि काम गर्दै आएका सम्मानित तीनै जना नेपालका असल शुभचिन्तक रहेको बताए । एनआरएनए थाइल्याण्डले मुख्यगरी छ वटा क्षेत्रहरु आर्थिक कुटनीति, द्धिपक्षीय मित्रता र सहयोग अभिवृद्धि, समुदायको हित, ज्ञान तथा सीपको स्थानान्तरण, अल्पकालिन तथा दीर्घकालिन परोपकारी परियोजना सञ्चालन र दिगो संस्थागत विकासलाई जोड दिएको बताए ।

Advertisement

Advertisement

Advertisement