नेपाल रेडक्रसद्धारा ६,५६७ भूकम्प पीडितलाई पहिलो किस्तावापतको रकम भुक्तानी

Advertisement

काठमाडौंः नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्यअन्तर्गत दुई बर्षअघिको विनाशकारी भूकम्पका पीडित छ हजार ५६७ जनाले पहिलो किस्तावापतको रकम लगेका छन् । उक्त संख्या ९३ दशमलव ८१ प्रतिशत हुन आउँछ ।

त्यस्तै, खानेपानी, सरसफाई र स्वच्छतामा ४१ दशमलव १२ प्रशितले, स्वास्थ्यमा ८४ दशमलव ०७ प्रतिशतले, जिविकोपार्जनमा ५२ दशमलव ६४ प्रतिशत प्रगति भएको भन्दै सोसाइटीले त्यो लक्ष्यअनुसार नै रहेको जानकारी दिएको छ ।

भूकम्प प्रतिकार्यअन्तर्गत रेडक्रस सोसाइटीको मूख्यरुपमा आवास, खानेपानी, सरसफाई तथा स्वच्छता, स्वास्थ्य, जीविको पार्जन तथा सस्थागत क्षमता विकास जस्ता गतिविधि सञ्चालित छन् । २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछि लगातारको परकम्पनहरुबाट ठूलो धनजनको क्षतिभएका १४ जिल्लामा सोसाइटीको प्रतिकार्य सञ्चालन भइरहेका छन् ।

यसअभियानलाई रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ आइएफआरसी तथा अन्य साझेदार राष्ट्रिय सोसाइटीहरुले साथ दिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । विपन्न तथा सङ्कटासन्न अवस्थामा रहेका समुदायलाई मानवीय सहायता उपलव्ध गराई पूर्ववत सुरक्षित अवस्थामा पुर्याउन र भविष्यमा आइपर्ने विपद्को सामना गर्नका लागि समुदायको क्षमता विकास गर्ने भूकम्प प्रतिकार्यको मुख्य उद्देश्य रहेको उसले जनाएको छ ।

आफूहरुले समुदायका आवश्यकतालाई जहिले पनि प्राथमिकतामा राख्ने गरेको भन्दै सोसाइटीले कुनै पनि गतिविधि गर्दा सकंटासन्नसमुदायलाई केन्द्रमा राखी सामुदायिक संलग्नता, जवाफदेहिता, विपद जोखिम न्यूनीकरण, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, बाल संरक्षण, अपाङगता भएका व्यक्तिहरुलाई सहयोग, हिंसा रोकथाम, लाभान्वित समूहसँग सञ्चार, अल्पसख्यंक समुदायका लागि काम गर्ने गरेको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement