ग्लोबल रिचले अहिलेसम्मकै ठूलो 'अष्ट्रेलियन युनिभर्सिटी फेयर' गर्दै, एजेन्टहरु बस्न नपाउने

Advertisement

काठमाडौंः ग्लोबल रिच नेपालको आयोजनामा अहिलेसम्मकै ठूलो अष्ट्रेलियन शैक्षिक मेला आउँदो सोमबार काठमाडौंमा हुने भएको छ । विभिन्न संघसंस्था र इभेन्ट म्यानेजमेन्ट कम्पनीहरुले अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिम मेला आयोजना गर्दै आएकोमा यो स्वयम अष्ट्रेलियाका चर्चित विश्वविद्यालयहरु स्वयम सहभागी भई मेला आयोजना गर्न लागिएको हो ।

यस मेलामा अष्ट्रेलियामा चर्चित २८ वटा विश्वविद्यालयहरुले सहभागिता जनाउने छन् । राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुने यो मेला अहिलेसम्मको ठूलो अष्ट्रेलियन एजुकेशन फेयर भएको मेला आयोजक ग्लोबल रिच नेपालमा प्रमुख नारायण बजाज बताउँछन् ।

काठमाडौंको मेला सम्पन्न भएलगत्तै भोलिपल्ट चितवनमा, अगष्ट १६ तारिखमा पोखरामा, १७ तारिखमा पहिलो पटक बुटवलमा यस किसिमको मेला हुँदैछ । चारवटै मेलाको तयारी पूरा भइरहेको बजाजले बताए । सबैमा गरेर दुई हजार पाँचसय भन्दा बढि विद्यार्थी सहभागी हुने आयोजकको अनुमान छ ।

अष्ट्रेलियाका विश्वविद्यालय आफै सहभागी मेलामा यहाँका स्थानीय साझेदारहरुको खासै भूमिका हुँदैन । सहजकर्ता र पुनस्थापकीय भूमिकाको रुपमा आफूहरुले काम गर्ने बजाजले बताए । विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र बुझ्नसक्छन् ।

मेलामा विद्यार्थीहरुले आफूले पढने इच्छा गरेको विषयमा छात्रवृत्तिलगायतका कुराहरु आफै बुझेर प्रक्रिया अघि बढाउन सक्ने भएकाले उनीहरुले भालि पढन गइसकेपछि के हुने हो ? कस्तो हुने हो ? जस्ता अन्योलता नरहने बजाजको भनाई छ ।

जो विद्यार्थीहरु तयारीका साथ डकुमेन्ट लिएर आउँछन, उनीहरुले अन द स्पट एप्लिकेशनसमेत गर्न पाउने भएकाले अन्य मेलाको तुलनामा यसको विशेष महत्व रहेको छ । अरु अष्ट्रेलियन शैक्षिक मेलामा एजेन्ट र विचौलाहरु हामी हुन्छन । तर त्यहाँका विश्वविद्यालय स्वयम सहभागी हुने यस मेलामा त्यस्ता एजेन्टहरुले झुक्याउने र गलत सुचना दिने अवस्था रहँदैन ।

अहिले हुन लागेको मेला अष्ट्रेलियन युनिभर्सिटी फेयरको ११औं संस्करण हो । २०१२ देखि ग्लोबल रिचले यस किसिमको मेला गर्दै आएको छ । एजेन्टहरुमार्फत डकुमेन्ट अष्ट्रेलिया पठाएर प्रक्रिया अघि बढाउनुपर्ने अवस्थामा रहेका नेपाली विद्यार्थीहरुलाई स्वदेशमै विश्वविद्यालयहरुका प्रतिनिधि आएर उनीहरुमार्फत आफ्नो शैक्षिक क्यारियर पहिल्याउने र सोही एप्लाई गर्न पाउने भएकाले यस मेलाको विशेष महत्व रहेको बजाजले बताए ।

Advertisement

Advertisement

Advertisement