श्री एयरको उडान सुरु, धनगढी—काठमाडौँको भाडादर चार हजार पाँचसय

Advertisement

धनगढीः धनगढी विमानस्थलबाट शुक्रबारदेखि निजी क्षेत्रको श्री एयर लायन्सले काठमाडौं—धनगढी—काठमाडौं सम्मको हवाइ सेवा सुरु गरेको छ ।

काठमाडौं– धनगढी– काठमाडौंँसम्मको दैनिक हवाई सेवाको सुविधा रहेको ७ नम्बर प्रदेशको एक मात्र धनगढी विमानस्थलबाट नेपाल वायु सेवा निगमका अलावा निजी क्षेत्रको बुद्ध एयरले दैनिक हवाई सेवाको सुविधा उपलब्ध गराउँदै आएकोमा आजबाट निजी क्षेत्रको सो एयर लायन्सले पनि हवाई सेवा सुरु गरेको हो ।

नेपाल वायु सेवा निगम धनगढी कार्यालयका प्रमुख कुलप्रसाद ओझाले काठमाडौं—धनगढीसम्मको प्रतियात्रुको भाडादर निजी क्षेत्रका विमानको तुलनामा नेपाल वायु सेवा निगमको भाडादर केही सस्तो रहेको बताए ।

नेपाल वायु सेवाको धनगढी—काठमाडौँसम्मको भाडादर प्रतियात्रु रु चार हजार ५०० रु पाँच हजार, छ हजार, सात हजार र आठ हजार गरी पाँच प्रकारको कायम गरिएको छ । अग्रीम टिकट लिनेले सस्तो अर्थात रु चार हजार ५०० मा उड्न पाउने गरेको बताइएको छ ।

यता निजी विमान बुद्ध यएरले काठमाडौंँ–धनगढीको प्रतियात्रु भाडा दर रु चार हजार ९०० देखि रु १२ हजार १०० सम्म छ प्रकारको निर्धारण गरेकोमा आजदेखि उडान भरेको श्री एयर लायन्सले रु चार हजार ८०० देखि रु १२ हजार १०० सम्म निर्धारण गरेको छ ।

Advertisement

Advertisement

Advertisement