सडक विभागले औपचारिकरुपमा काठमाडौं–तराई द्रुतमार्ग सेनालाई बुझायो

Advertisement

काठमाडौंः सरकारले औपचारिकरुपमा काठमाडौं–तराई द्रुतमार्ग नेपाली सेनालाई हस्तान्तरण गरेको छ । सरकारले राष्ट्रिय गौरवको रुपमा परिभाषित गरी उच्च प्राथमिकतामा राखेको यस आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण सम्पन्न गर्न जिम्मा दिने मन्त्रिपरिषद्ले गत बैशाख २१ निर्णय गरेको थियो ।

सेनाको जंगी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा नेपाली सेनाका तर्फबाट इन्जिनियरिङ विभाग तथा आयोजना प्रमुख योगेन्द्रबहादुर खाँण र सडक विभाग मातहत तत्कालिन आयोजना प्रमुख सत्येन्द्र शाक्यबीच बुझबुझारथ भयो । आयोजना कस्लाई बनाउन दिने भन्ने विषयमा धेरै विवाद भएपछि सरकारले अन्तिममा सेनालाई जिम्मा लगाएको हो ।

सेनाले निर्माणको जिम्मा पाए पनि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भारतले अझै नेपालाई उपलब्ध गराईसकेको छैन । निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थललाई समेत लक्षित गरी तराईलाई काठमाडौं जोड्ने सडक निर्माण भएमा मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुग्ने आशा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement