काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री जनार्दन शर्मासहित तीन वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटारमा बोलाएर मुलुकका विभिन्न स्थानमा आएको बाढी र डुवानको समस्या समाधानका लागि छलफल गरेका छन् ।
बाढी–पहिरो र डुवानमा परेका जनताको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने बारेमा छलफल गर्न देउवाले उनीहरुलाई शनिबार साँझ बालुवाटार बोलाएका हुन । बैठकमा गृह मन्त्रालयको दैवी प्रकोप उद्धार महाशाखाका प्रमुखलगायतका पदाधिकारी पनि सहभागी हुँदैछन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बाढी पहिरोको क्रममा झण्डै तीन दर्जन नागरिकको निधन भएको खबर आएपछि देउवा राहत र उद्दारलाई प्रभावकारी बनाउन सुरक्षा प्रमुखहरुलाई बोलाएका हुन ।