विपद् व्यवस्थापनका लागि राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी हुँदैछः मन्त्री विश्वकर्मा

Advertisement

भक्तपुरः वाणिज्य मन्त्री मीन विश्वकर्माले यतिबेला विपद् व्यवस्थापन सरकारका लागि चुनौती बनेको बताएका छन् । भक्तपुरमा आइतबार एक कार्यक्रममा उनले लगातार वर्षाका कारण तराई बाढीको डुबानमा र पहाड पहिरोको चपेटामा परेको अवस्थामा सरकारले सोचे जस्तो विपद् व्यवस्थापन गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज बस्ने मन्त्रिपरिषद्को बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेका बताए ।

कोशी व्यारेजका केही ढोका खुल्न सरकारले गरेको कुटनीतिक पहल सफल भएको भन्दै विश्वकर्माले सबै ढोका खुल्दा भारतको बिहार डुवानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले विपद्का बेला सोचेर मात्र काम गर्नुपर्ने बताए ।

लगातार वर्षाका कारण पहाड र तराई प्राकृतिक प्रकोपको चपेटामा परेको अवस्थाका कारण तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने अवस्था सिर्जना भएता पनि सरकारले समयमा निर्वाचन सम्पन्न गर्ने उनले बताए ।

विश्वकर्माले माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिए देशमा संबैधानिक संकट आउने भएकाले सरकारले हचुवाको भरमा संसद र प्रदेशको निर्वाचन मिति घोषणा नगर्ने र निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषणा गरिने बताए ।

उनले भने, ‘भयो संसद र प्रदेशको निर्वाचन एकै पटक गर्दा चार गुणा बढी जनशक्तिका साथै भौतिक साधनको आवश्यकता पर्ने भएकोले निर्वाचन आयोगले निर्णय दिन नसकेको र सरकारले कसरी एकै पटक दुवै निर्वाचन गर्न सकिन्छ भनि निर्वाचन आयोगसँग गरेको परामर्शमा निर्वाचन आयोगले कुनै निर्णय गर्न नसक्दा अन्यौलता बढेको बताए ।

संबिधान संशोधनको विषयमा काँग्रेसले सकेसम्म पास गराउने उद्देश्यका साथ विपक्षी दलहरुसँग छलफल तीब्र रुपमा गरिरहेको विश्वकर्माको भनाई छ । वर्तमान सरकार दुवै छिमेकी देशसँग सम्बन्ध सुधार लागि अग्रसर रहेका बेला प्रधानमन्त्रीको भारत भ्रमण बिग्रिएको सम्बन्ध सुधार र व्यापार घाटाका बारे छलफल हुने र चीनका उपप्रधानमन्त्रीको टोलीले गर्ने नेपाल भ्रमण नेपाल र नेपालीको हितानुकुल रहने बताए ।

Advertisement

Advertisement

Advertisement