बाढी-पहिरोबाट दुई दिनमा ४९ जनाको मृत्यु, १७ बेपत्ता

Advertisement

काठमाडौँ: दुई दिनदेखिको अविरल वर्षाले गर्दा बाढी र पहिरोका कारण हालसम्म ४९ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रको अनुसार शनिबारबाट आइतबार मध्यान्न एक बजेसम्ममा देशको २१ जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको र सो ठाउहरुबाट ४९ जनाको मृत्यु भएको १७ जना हराइरहेका, १३ जना घाइते र ३०५ घरुमा पूर्णरुपमा क्षती पुगेको केन्द्रका प्रमुख शंकरहरी आचार्यले कर्पोरेट नेपाललाई बताए ।

त्यस्तै, ८० चौपायाको मृत्यु भएको र दुईवटा कल्भर्टमा क्षती पुगेको पनि केन्द्रले जनाएको छ। बाढी र पहिरोबाट प्रभावित जिल्लाहरुमा पाँचथर, सिन्धुली, झापा, मोरंग, सुनसरी, सर्लाही, बारा, पर्षा, दांग, बाँके, बर्दिया, सप्तरी, सिराहा, रौतहट, महोत्तरी, धनुषा, मकवानपुर, पाल्पा, सुर्खेत, चितवन र कैलाली रहेका छन् ।

Advertisement

Advertisement

Advertisement