बाढी र पहिराले पुर्याएको क्षतिप्रति पूर्वराजा पनि चिन्तित, उद्दार र राहत चाँडै गर्न आग्रह

Advertisement

काठमाडौः अविरल बर्षापछि आएको बाढी पहिरोप्रति पूर्वराजा ज्ञानेन्द्र शाह पनि चिन्तित भएका छन् । शाहले बाढी र पहिरोबाट प्रभावित जनताको उद्धार र राहतमा तदारुकता देखाउन सरोकारवाला निकायको ध्यानाकर्षण पनि गराएका छन् ।

उनले विपत्तिको घडीमा तराई क्षेत्रका जनतालाई राहत एवं उद्धार उपलब्ध गराउदै प्रकोप नियन्त्रणका लागि सम्बन्धित पक्षले तदारुकता देखाउने विश्वास व्यक्त गर्दै बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पुर्याएकोप्रति गम्भीर चिन्ता र दुःख व्यक्त गरेका छन् ।

पूर्वराजाको नामाम जारी विज्ञप्तिमा भनिएको छ, ‘यस दुखद घडीमा धैर्य र साहसको साथ विपत्तिको सामना गर्ने सफलता प्राप्तिका लागि इश्वरसँग मौसुफबाट प्रार्थना गरिबक्सेको छ ।’

Advertisement

Advertisement

Advertisement