सुजुकीको नेपालकै पहिलो ट्याक्सी लक्षित विशेष सेवा केन्द्र सञ्चालनमा

Advertisement

काठमाडौंः काठमाडौंको जोरपाटीमा ट्याक्सी धनीलक्षित गर्दै सुजुकी सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सोमबार उद्घाटन गरिएको यो केन्द्र विश्वस्तरीय रहेको सिजी होल्डिङस्ले जनाएको छ ।

सुजुकी ट्याक्सीका धनीहरुलाई पूर्ण सर्भिस सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा केन्द्र सुरु गरिएको कम्पनीले जनाएको छ । सेवाका लागि कुर्नुपर्दा ट्याक्सी धनीहरुलाई पर्न जाने घाटा न्यूनीकरण गरी नाफा वृद्धि गराउने यसले सहयोग पुग्ने उसले जनाएको छ ।

अत्याधुनिक प्रविधि सुसज्जित यस सेवा केन्द्रमा सम्पूर्ण समस्या पत्ता लगाउने तथा मर्मत सेवा उपलब्ध गराउन आवश्यक सुविधाहरु उपलब्ध रहेको जनाइएको छ । साथै, तिनको सञ्चालनका लागि तालिम प्राप्त अनुभवी प्राविधिकहरुको व्यवस्था समेत रहेको सिजी होल्डिङले जानकारी दिएको छ ।

केन्द्रमा आरामदाय वेटिङ लाउन्ज, रिफ्रेसमेन्ट सुविधा र प्रसस्त पार्किङ स्पेसको व्यवस्था समेत रहेको छ । सेवा केन्द्रले दिनको १२ घण्टा विहान ७ देखि बेलुकी ७ बजेसम्म सुविधा उपलब्ध गराउने कम्पनीको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

ट्याक्सी धनीहरुका लागि कम्पनीले आवश्यक सामग्रीमा १५ प्रतिशत सम्मको छुट पनि उपलब्ध गराएको जानकारी दिइएको छ । सेवा केन्द्रको उद्घाटन एमएसआइएलका महाप्रबन्धक (सर्भिस) ए राघवन, एमएसआइएलकै कन्ट्री म्यानेजर (सर्भिस) गुरकिरात सिङ, सिजी होल्डिङस्का प्रबन्ध निर्देशक तथा अध्यक्ष अरुण चौधरी र सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी थिए ।

उद्घाटन कार्यक्रममा चौधरीले कारदेखि ट्याक्सी सम्मको बिक्रीमा देशकै अग्रणी वितरक भएको आधारमा खरिदकर्तालाई उत्कृष्ट र छरितो सेवा उपलब्ध गराइ तिनको आम्दानीमा वृद्धि गराउन टेवा पुर्याउनु आफ्नो दायित्व भएको बताए ।

कारमाण्डू मोटर्सको सेवा केन्द्रका निर्देशक सुरज गिरीले ट्याक्सी धनीहरुलाई विश्वस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता स्वरुप सेवा केन्द्र सुरु गरिएको बताए ।

Advertisement

Advertisement

Advertisement