हानद्धारा बाढी पीडितलाई पाँच लाख सहयोग, पर्यटकको उद्दारका लागि हटलाइन सेवा

Advertisement

काठमाडौंः होटल संघ नेपाल (हान)ले बाढी पीडितको सहयोगका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । हानको सोमबार बसेको पदाधिकारीको आकस्मिक बैठकले बाढी पीडितको सहयोगार्थ उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

साथै, चितवन, मोरङ, बाँके, बर्दिया, सुनसरी, रुपन्देही परासी लगायतका जिल्लामा बाढीवाट प्रभावित पर्यटकहरुको उद्दार आवश्यक भएमा सेवाका लागि हानले ९८५१०३१४९५ र ९८५११९१८२७ नम्बरको चौबिस घण्टे हटलाइन सेवा सुरु गरेको छ । मूल्यांकनपछि राहत कार्यक्रममा सघाउने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement