चिनियाँ उपप्रधानमन्त्री वाङ काठमाडौँमा: यस्तो छ भ्रमण तालिका

Advertisement

काठमाडौँ: चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चारदिवसीय औपचारिक भ्रमणमा आज अपराह्न विशेष विमानबाट यहाँ आइपुगेका छन् ।

उप्रधानमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले स्वागत गरे। चिनियाँ विशिष्ट पाहुनालाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चिनियाँ राजदूत यु होङ तथा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृत र चिनियाँ दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।

उनी ५२७३ विमानमा भारतीय आकाश हुँदै काठमाडौं प्रवेश गरेको हो।

सन् २०१७ भित्र पनि चिनियाँ राष्ट्रपति सी जिङपिङङको नेपाल भ्रमण हुने बताइएको थियो । राष्ट्रपति सीको भ्रमण तत्काल नहुँने भएपछि उनको विशेष दूतका रूपमा उपप्रधानमन्त्री वाङ राष्ट्रपति सीको विशेष सन्देशसमेत लिएर आइपुगेका छन् ।

सरकारले चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण दुईपक्षीय सहयोग र सद्भाव अभिवृद्धिमा नै केन्द्रित हुने बताएको छ । २९ सदस्यीय टोली रहेको उक्त वाङको भ्रमण पाँच वर्षयता चीनका तर्फबाट हुन लागेको उच्चस्तरीय भ्रमण हो ।

यस्तो छ भ्रमण तालिका..

–काठमाडौं आएलगत्तै आफ्ना दूतावास अधिकारीसँग नेपाल–चीन सम्बन्ध र यहाँको पछिल्लो विकास प्रक्रियामा चीनको सहभागितालगायतका विषयमा आन्तरिक छलफल

–मंगलबार बिहान वसन्तपुर दरबार पुन निर्माणको शिलान्यास, भूकम्पले क्षतिग्रस्त उक्त नौतले दरबार पुनर्निर्माणमा चीनको अनुदान सहयोग छ

–पुनर्निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

–मंगलवार नै उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको टोलीसँग छलफल, छलफल २०७२ चैतमा चीनसँग भएका पारवहन तथा अन्य सम्झौता कार्यान्वयन र सहयोगबारे केन्द्रित रहने

–बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआई मार्फत सहयोग गर्ने विषयमा छलफल गर्ने

– बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट

–प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट
(अन्य साना दलका नेता तथा मधेस केन्द्रित दलसँग राजनीतिक भेटवार्ता हुनेछ ।

–भेटघाट सकेर बुधबार नै उनी स्वदेश फर्कने छन् ।

Advertisement

Advertisement

Advertisement