हिमालय एयरलाइन्सले भदौ १६ देखि दमामको दैनिक उडान भर्ने

Advertisement

काठमाडौंः हिमालय एयरलाइन्सले अर्को नयाँ गन्तव्यमा साउदी अरबको दमामलाई छनोट गरेको छ । एयरलाइन्सले तिहारको विशेष उपहारको रुपमा दमामको दैनिक उडान सुरु गर्न लागेको जानकारी दिएको हो ।

नेपालीहरुको लागि साउदी अरब वैदेशिक रोजगारको एउटा महत्वपूर्ण गन्तव्यको रुपमा रहेको छ । साउदीमा करिब पाँच लाख नेपाली मजदुरहरु कार्यरत रहेको अनुमान गरिन्छ । उनीहरुलाई नै लक्षित गरेर हिमालय एयरलाइन्सले दमामको दैनिक सिधा उडान सञ्चालन गर्न लागेको हो ।
यो सेवा सञ्चालनले दमाम र काठमाडौंबीच यात्रा गर्ने हजारौं नेपालीहरुलाई सहजता हुनुका साथै समय र पैसा दुवैको बचत हुने कम्पनीको विश्वास छ । हिमालय एअरलाइन्सको उडान नम्बर एच९५५९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार राति १०स्३० मा प्रस्थान गरी किङफाद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्कौ दिनको बिहान ००ः५० मा अवतरण गर्नेछ ।

त्यसैगरी उडान नम्बर एच९५६० किङफाद अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार ०१स्५० मा प्रस्थान गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ०९स्१५ मा अवतरण गर्नेछ ।
हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्छन, ‘साउदी अरव यात्रा गर्दा सामना गर्नुपरेको लामो लामो ट्रान्जिट र विभिन्न समस्याहरुलाई हाम्रो यो प्रत्यक्ष उडानले समाधान गर्नेछ ।’ आगामी दिनमा नयाँ सीधा गन्तव्यहरु थपिदै जाँदा नेपाली यात्रुहरुलाई छिटो र सहुलियत दरमा सुविधा दिन आफूहरु तत्पर रहेको उनले बताए ।

उक्त एअरलाइन्सले काठमाडौं(दमाम(काठमाडौंको लागि सुरुवाती एकतर्फी टिकट दर करबाहेक २३ हजार आठसय र ३८ हजार दुईतर्फी कायम गरिएको छ । त्यसैगरी दमाम(काठमाडौं(दमामको सुरुवाती टिकट दर करबाहेक साउदी रियाल ८५० एकतर्फी र एक हजार ३६० दुईतर्फी भाडा कायम गरिएको छ ।

हिमालय एअरलाइन्सले अस्फर ट्राभल एण्ड टुरिजमलाई साउदी अरबको लागि आधिकारिक विक्रेता तोकेको छ । नेपाल र चीनको सँयुक्तल गानीमा सञ्चालित हिमालय एअरलाइन्स सन् २०१६ को मे बाट दोहाबाट आफ्नो व्यवसायिक उडान सुरु गरेको थियो ।

क्वालालम्पुर, याङगुनमा भदौ ३० बाट पुनः उडान गर्ने जनाएको उक्त कम्पनीले यसअघि दुबइमा उडान सुरु गरेको थियो । केही महिनापछि एयरलाइन्सले पहिलो चरणमा ढाका, हङकङ, बैंकक र दोस्रो चरणमा चीनको बेइजिङ र चेन्ग्दुलाई आफ्नो थप गन्तव्य बनाउने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement