बाढी पीडितलाई चेम्बरले एक करोड सहयोग गर्ने, पीडितलाई रोजगारीको पहल गर्ने

Advertisement

काठमाडौंः नेपाल चेम्बर अफ कमर्सले बाढी पीडितको राहतका लागि एक करोड रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । चेम्बरको बुधबार बसेको आकस्मिक बैठकले देशका विभिन्न भूभागमा आएको अविरल वर्षाले उत्पन्न भीषण बाढीपहिरोबाट पीडितहरुलाई रु एक करोड एक लाखको (नगद एवं जिन्सी) राहत प्रदान गर्ने निर्णय गरेको हो ।

दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत पुर्याउन चेम्वरले २३ सदस्यीय विपत व्यवस्थापन युनिट गठन गरेको छ । युनिटको संयोजकमा राजेन्द्र मल्ल र सहसंयोजकद्धयमा दीपक मलहोत्रा र किसन अग्रवाल छन् ।

बैठकले बाढीपीडित परिवारलाई प्राथमिकताको आधारमा रोजगारीका लागि पनि पहल गर्ने निर्णय गरेको छ । बाढीपीडितलाई सहयोग गर्न इच्छुक दाताहरुलाई ग्लोबल आइएमई बैंकको खाता नं. ०१०१०१०००६१२३ मा रकम जम्मा गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

Advertisement

Advertisement

Advertisement