टेलिकमको खुद नाफा १५ अर्ब, प्रतिशेयर आम्दानी १ सय रुपियाँ माथि

Advertisement

काठमाडौं: नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ मा खुद मुनाफा १५ अर्ब १ करोड ६८ लाख रुपियाँ कमाउन सफल भएको छ । टेलिकमको नाफा गत वर्षको भन्दा १० प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७२/७३ मा टेलिकमको नाफा १३ अर्ब ६८ करोड ११ लाख रुपियाँ थियो ।

१५ अर्ब चुक्ता पूँजी भएको नेपाल टेलिकमले जगेडाकोषमा ७८ अर्ब ६ करोड ८८ लाख रुपियाँ छुटाएको छ । कम्पनीको जम्मा आम्दानी १ दशमलव ४० प्रतिशतले बढेर ४४ अर्ब ८३ करोड १० लाख रुपियाँ पुगेको छ भने खर्च ४ प्रतिशतले घटेर २४ अर्ब ३६ करोड ७१ लाख रुपियाँ पुगेको छ । टेलिकमले सेवाप्रबाहबाट मात्र ४० अर्ब ७४ करोड रुपियाँ कमाएको छ भने अन्य आम्दानी ४ अर्ब रुपियाँ रहेको छ ।

नेपाल टेलिकमको प्रतिशेयर आम्दानी १ सय दशमलव ११ रुपियाँ, मूल्य आम्दानीको अनुपात ६ दशमलव ७४ गुणा र प्रतिशेयर नेटवर्थ ६ सय २० दशमलव ४६ रुपियाँ रहेको छ । आर्थिक वर्ष २०७२/७३मा टेलिकमको प्रतिशेयर आम्दानी ८८ रुपियाँ ८४ पैसा थियो भने प्रतिशेयर नेटवर्थ ५ सय ६९ दशमलव ७४ रुपियाँ रहेको थियो।

Advertisement

Advertisement

Advertisement