सुश्मा स्वराजसँग नभेटेका ओलीले याङसँग गोप्य वार्ता गरे

Advertisement

काठमाडौंः केही दिनअघि नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुश्मा स्वराजसँग नभेटेका एमाले अध्यक्ष केपी ओलीले चिनियाँ उपप्रधानमन्त्री वाङ याङसँग गोप्य वार्ता गरेका छन् । ओली र याङबीच मंगलबार सोल्टी होटलमा आधा घण्टा गोप्य वार्ता भएको हो ।

अन्य नेताहरुसँग सामुहिक वार्ता गरेका याङले ओलीसँग गोप्य गर्नुलाई धेरै अर्थपूर्णरुपमा लिएका छन् । केही हप्ताअघि चीनको तिब्बत भ्रमणमा गएका ओलीले नेपाल र चीनबीचको नाकाहरु सञ्चालन तथा अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने विषयमा समेत कुराकानी गरेर आएका थिए ।

पछिल्लो समयमा भारतसँग टाढिँदै र चीनसँग नजिकिँदै गएका ओली र याङबीचको वार्तामा केही महत्वपूर्ण राजनीतिक तथा आर्थिक विषयमा कुराकानी भएको हुनसक्ने अडकल गरिएको छ ।

संविधानसभाले संविधान घोषणा गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएको चीनसँग नजिकिएका ओलीले चीनबाट इन्धन आपूर्ति गर्न, रेलसेवा सञ्चालन गर्ने लगायतका विषयमा सम्झौता गरेका थिए ।

संविधान संशोधन र संघीयताका विषयमा एमालेले लिएको अडानका प्रभाव स्थानीय निकायको निर्वाचनमा समेत परेको छ भने चीनसमेत एमालेसँग नजिकिएको छ । ओलीसँगको भेटमा चिनियाँ नेताहरुले दक्षिण एसियाको राजनीतिलाई केन्द्रमा राखेर छलफल गर्ने सहमति जनाएका छन्।

Advertisement

Advertisement

Advertisement