उपत्यकामा दशैँ लक्षित सुपथ मूल्य पसल सञ्चालन भदौ १६ गतेबाट

Advertisement

काठमाडौँ: प्रत्येक वर्ष झैं यो वर्ष पनि सरकारले दशैँ–तिहार र छठलाई लक्षित गरी आगामी भदौको दोस्रो सातादेखि उपत्यकामा सुपथ मुल्य पसल सञ्चालन गर्ने जनाएको छ ।
चाडपर्वमा सर्वसाधारण उपभोक्तालाई राहत दिने उद्देश्यका साथ आगामी भदौ १६ गतेदेखि दसै बजार अर्थात् सहुलियत पसल सञ्चालन हुनेछ, आपूर्ति मन्त्रालयकि उपसचिव उर्मिला केसीले बताइन ।

केसीका आनुसार चाडपर्वमा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । नेपाल खाद्य संस्थान, साल्ट्र टे«ेडिङ कर्पाेरेसन, नेसनल टे«डिङ लिमिटेड र दुग्ध विकास संस्थानमार्फत उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा छुट दिइनेछ, उनले भनिन् ।

मन्त्रालयको अनुसार उपत्यकामा विभिन्न ११ ठाउँमा सुहलियत पसल सञ्चालन हुनेछन् । त्यस्ता पसलमा दाल, चामल, नुन, चिनी, घिउ र गेडागुडीमा छुट दिइनेछ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले गेडागुडी र चामल प्रतिकेजीमा पाँच रुपियाँ र खसीबोकामा प्रतिकेजीमा १० रुपियाँ छुट दिइने तयारी भइरहेको बताए ।

उपत्यका बाहिर स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा संस्थानका डिपो र अञ्चल कार्यालयमार्फत पनि २५ ठाउँमा सहुलियत पसल सञ्चालन गर्ने तयारी भइरहेको छ ।

साल्ट्र टे«डिङ कर्पाेरेसनले चिनी, नुन र खाद्यान्न सहुलियतमा बिक्री गर्नेछ ।

कर्पाेरेसनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजीमा दुई रुपियाँ र अन्य खाद्यान्नमा दुई रुपियाँम्म छुट दिइने जानकारी दिइन् ।

उपत्यकाबाहिर आवश्यकताअनुसार थप सहुलियत पसल सञ्चालन गरिने उनले बताइन् । मन्त्रालयका अनुसार उपत्यकाको रामशाहपथ, थापाथली, नख्खु, जावलाखेल, बल्खु, टेकु, जडीबुटी, सूर्यविनायक, सतुंगल, नयाँ बानेश्वर र कालीमाटीमा सहुलियत पसल सञ्चालन गरिनेछ ।

चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा निजी व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने सम्भावना भएकाले बजार हस्तक्षेप गर्न प्रत्येक वर्ष सहुलिय पसल सञ्चालन गरिँदै आएको छ ।

चाडर्पमा उपभोक्तालाई राहत दिन साल्ट्र टे«डिङ कर्पाेरेसन लिमिटेडलाई १ करोड ८० लाख र नेपाल खाद्य संस्थानलाई ६० लाख रकम छुट्याइएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

 

Advertisement

Advertisement

Advertisement