पत्रकार महासंघमा प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त उम्मेदवारी हुने

Advertisement

काठमाडौंः नेपाल पत्रकार महासङ्घको आसन्न २५औँ महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरका संयुक्त समूहबाट गोविन्द आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । युनियन र सेन्टरले बुधबार राति पत्रकार सम्मेलन आयोजना गरी आचार्यको नेतृत्वमा निर्वाचनमा जाने घोषणा गरेका हुन् ।

उक्त समूहको उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, खुल्ला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतल महतो र कोषाध्यक्षमा राजेश मिश्र उम्मेदवार छन् । अरु पदाधिकारी र सदस्य केही दिनमै टुंग्याइने जनाइएको छ ।

यही भदौ ५ गते हुने महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल र प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष नारायण शर्माले संयुक्त हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement