एभरेष्ट बैंकको मुनाफा झण्डै दुई अर्ब

Advertisement

काठमाडौंः आर्थिक वर्ष २०७३/७४ मा एभरेस्ट बैंकले खुद मुनाफा १ अर्ब ९८ करोड १६ लाख रुपियाँ कमाउन सफल भएको छ । जुन अघिल्लो बर्षको तुलनाभन्दा १४ दशमलव ५० प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले खुद मुनाफा १ अर्ब ७३ करोड २ लाख रुपियाँ कमाएको थियो ।

५ अर्ब ७४ करोड १० रुपियाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ५ अर्ब ८८ करोड ३७ लाख रुपियाँ राखेको छ । बैंकको हालको मुनाफा र चुक्तापूँजीको आधारमा शेयरधनीहरुलाई २८ प्रतिशत लाभांश क्षमता दिने देखिन्छ ।

बैंकको निक्षेपमा २ दशमलव १५ प्रतिशतले वृद्धि गरी ९५ अर्ब ९ करोड ४४ लाख रुपियाँ संकलन गरी जसबाट कर्जामा ७८ अर्ब २८ करोड ४६ लाख रुपियाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कर्जामा १४ दशमलव ७० प्रतिशतले वृद्धि हो । बैंकको खुद ब्याज आम्दानी १५ दशमलव ८३ प्रतिशतले बढेर ३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १४ दशमलव ७४ प्रतिशतले बढेर ३ अर्ब ५ करोड ९५ लाख रुपियाँ पुगेको छ । बैंकले प्रोभिजनमा १२ करोड २४ लाख रुपियाँ राखेको छ भने ४ करोड ३३ लाख रुपियाँ खराब कर्जा उठाएको छ ।

एभरेष्ट बैंक को प्रति शेयर आम्दानी ४३ दशमलब ७८ रुपियाँ, मूल्य आम्दानी अनुपात ३० दशमलब ९० गुणा, प्रति शेयर नेटवर्थ २ सय २९ दशमलब ९९ रुपियाँ र तरलता अनुपात ३१ दशमलव ४६ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५१ प्रतिशत र पूँजीकोष अनुपात १४ दशमलव ८५ प्रतिशत रहेको छ ।

 

Advertisement

Advertisement

Advertisement