सन् २०१८ मा हुने भनिएको साग खेलकुद अन्योलमा, सरकार नै उदासिन

Advertisement

काठमाडौंः सन् २०१८ मा नेपालमा हुने भनिएको दक्षिण एसियाली खेलकुद (साग) आयोजना अन्योलमा परेको छ । कमजोर भौतिक पुर्वाधार, स्पष्ट सरकारी प्रतिबद्धता र खेल पदाधिकारीबीच समन्वय अभाव जस्ता कारण सागको १३औं संस्करण निर्धारित समयमा आयोजना हुन नसक्ने सम्भावना बढेको हो ।

साग आयोजनाका लागि बनेको उच्चस्तरीय समितिको बैठकसमेत एक वर्षभन्दा लामो समयदेखि बस्न नसकेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । यो खेल नेपालले सन् २०१८ मै आयोजना गनुपर्ने भए पनि विभिन्न कारणले निर्धारित समयमा आयोजना हुन नसक्ने संभावना बढेर गएको छ ।

पछिल्लो घोषणा मिति अनुसार पनि १३औं साग आयोजनाको लागि १९ महिना समय बाँकी छ । यस प्रतियोगिता आयोजनाको मिति नजिकिँदै जाँदा पनि सरकार यो प्रतियोगिता आयोजना गर्न उदासिन देखिएको छ ।

राष्ट्रको प्रतिष्ठासँग जोडिएको दक्षिण एसियाकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता आयोजनाका लागि २०७३ साल असार ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा ‘उच्चस्तरीय अनुगमन तथा व्यवस्थापन समिति’ र युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा ‘तयारी तथा व्यवस्थापन समिति’ गठन गर्ने निर्णय गरेको थियो ।

पदाधिकारी बीचको आपसी विवादका कारण साग आयोजनाका लागि महत्वपूर्ण जिम्मेबारी पाएको उच्चस्तरीय समितिको बैठक हालसम्म पनि बस्न नसकेको हो । सो समितिले खेलआयोजनाका लागि अर्थ मन्त्रालयको सहमतिमा योजना तथा बजेट तर्जुमा गरि स्वीकृतिका लागि पेश गर्ने, आवश्यक भौतिक पूर्वाधार निर्माण र मर्मतका लागि निर्देशन दिने, प्रतियोगितामा समावेश हुने खेलको सुची तयार पारी स्वीकृतिका लागि पेश गर्ने लगायतको जिम्मेबारी पालना गनुर््पर्छ ।

प्रतियोगिताका लागि सकारले बजेटसमेत विनियोजन नगरेपछि अन्यौल झनै बढेको हो । त्यसबाहेक लामो समयदेखि चल्दै आएको नेपाल ओलम्पिक कमिटी (एनओसी)को आधिकारीकता सम्बन्धि विवादले प्रतियोगितालाई थप अन्योल बनाएको हो ।

Advertisement

Advertisement

Advertisement