मोदीले टेलिफोनबाटै बाढिपीडितलाई राहत सहयोगको घोषणा गरे

Advertisement

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरी बाढीबाट पुगेको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदीले शुक्रबार अपरान्ह टेलिफोन गरेका हुन ।

मोदीले दुःख व्यक्त गर्दै टेलिफोनबाटै २५ करोड रुपियाँ बराबरको सहयोगको घोषणा समेत गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । टेलिफोन वार्तामा मोदीले नेपाली जनतासँग भारत सरकार काँधमा काध मिलाउन तयार रहेको भन्दै बाढीबाट भएको जनधनको क्षतिबाट नआत्तिन आग्रह गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले बाढीका कारण ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति समवेदनासमेत व्यक्त गरेका थिए । टेलिफोन वार्तापछि देउवाले भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्दार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिएको जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement