साताको सेयर बजार सन्तोषजनक रहेन, कारोबार र नेप्से दुवैमा गिरावट

Advertisement

काठमाडौंः यस साता सेयर बजार त्यति सन्तोषजनक हुन सकेन । यो साता सेयर कारोबार झण्डै २० प्रतिशतले घटेर तीन अर्ब पाँच करोड रुपियाँको मात्रै कारोबार भएको छ भने सेयर बजार परिसुचक नेप्से २३ दशमलव ७८ अंकले घटेर एक हजार ६२९ दशमलव ७५ अंक कायम भएको छ ।

यो साता कुल १७८ कम्पनीको सेयर कारोबार भयो । समूहगत कारोबार हेर्दा सबैभन्दा धेरै गिरावट उत्पादनमूलक समूह, होटल, बीमा र जलविद्युत समूहमा देखिएको छ । उत्पादनमूलक समूहको उपसुचक १२४ दशमलव २० अंकले घटेको छ भने, होटलको ५१ दशमलव ८५ अंकले, बीमाको ५१ दशमलव ३३ अंकले र जलविद्युत ५१ दशमलव ३३ अंकले घटेको छ ।
विकास बैंकको ३४ अंकले घटेको छ ।

त्यस्तै, विकास बैंक समूह ३४ अंकले र बाणिज्य बैंक समूहको उपसुचक १६ दशमलव ५४ अंकले घटेको छ भने वित्त समूह एक अंकले मात्रै बढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २ दशमलव २५ अंकले घटेर ३४२ दशमलव ३४ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकम (१४ करोड ४८ लाख ६० हजार रुपियाँ)को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१४ लाख ९२ हजार कित्ता)को आधारमा नविल व्यालेन्स फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (एक हजार ४७७ वटा)को आधारमा नेपाल लाइफ नै अगाडि छ ।

यो साता नेप्सेमा फष्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त विकास बैंक र सानिमा बैंकका हकप्रद सेयर, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर र सेती फाइनान्सको बोनस सेयर सुचीकृत भए ।

Advertisement

Advertisement

Advertisement