तराईमा बाढी आएको राजेन्द्र महतोले बल्ल चाल पाए

Advertisement

राजविराजः अविरल बर्षाका कारण तराईमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको एक हप्तापछि राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मृत्यु भएकाको परिवारलाई प्रतिव्यक्तिलाई जनही रु पाँच लाख दिन सरकारसँग माग गरेका छन् ।

बढी र पहिरोले झण्डै डेढसयको मृत्यु भएको, हजारौं घरबारविहीन भएको, अबौं मूल्यको अन्नबाली नष्ट भएको बेलामा मधेसी नेताहरु लुकेर बसेको भन्दै सार्वजनिक आलोचना भइरहेको बेला महतोले शनिबार मुख खोलेका हुन ।

बाढीपीडितको अवस्थाबारे जानकारी लिन र स्थलगत निरीक्षण गर्न आएका उनले पत्रकारहरूसँग कुरा गर्दै सरकारले बाढी पहिरोमा परी मृत्यु भएका प्रतिव्यक्तिलाई जनही रु दुई लाख दिने घोषणा गरेको रकम अत्यन्त कम भएको बताए ।

महतोले सरकारले भूकम्पपीडितलाई आवासलगायतका अन्य सुविधा दिए जस्तै मधेसका बाढीपीडित जनतालाई पनि सुरक्षित बसोबासका साथै भवन निर्माणमा सहयोग गर्नुपर्ने बताए । उनले बाढी पहिरोमा परेकाहरूको अवस्था अत्यन्त नाजुक रहेकाले अविलम्ब खाद्यान्न, लत्ताकपडा, त्रिपाल र औषधि उपचारको व्यवस्था गर्नुपर्ने समेत बताए ।

Advertisement

Advertisement

Advertisement