पत्रकार महासङ्घको महाधिवेशन आजबाट सुरु, देउवाले उदघाटन गर्ने

Advertisement

काठमाडौंः नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा शुरु हुँदैछ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने नाराका साथ हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दैछन् ।

बिहान १० बजे प्रधानमन्त्री देउवाले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको सबै तयारी पूरा भइसकेको महासङ्घले जनाएको छ । सोमबारसम्म चल्ने महाधिवेशनका लागि जिल्ला जिल्लाबाट प्रतिनिधि राजधानीमा आइसकेका छन् । प्रतिनिधिलाई सुन्धारा, बागबजार र जमलका विभिन्न होटेलमा राखिएको छ ।

नयाँ नेतृत्वका लागि प्रत्येक तीन–तीन वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गर्ने छ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२ महासचिव–१, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

यसपटकदेखि दलित, मधेशी सचिव पनि थपिएको छ । महाधिवेशनले महासङ्घलाई संघीय संरचनामा लैजानेछ । सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिनेछ । प्रत्येकबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । महाधिवेशनमा एक हजार ५१५ प्रतिनिधिको सहभागिता हुनेछ । महासङ्घमा करिब १० हजार पत्रकार आबद्ध छन् ।

Advertisement

Advertisement

Advertisement