डा. गोविन्द केसीको आँखा छलेर अन्सारीको मेडिकल कलेजलाई सम्वन्ध दिइएको खुलासा

Advertisement

काठमाडौंः स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको सुधारका लागि संघर्ष गर्दै आएका डा. गोविन्द केसीको आँखा छलेर बसरुद्धिन अन्सारीले सञ्चालन गरेको काठमाडौं नेशनल मेडिकल कलेजलाई तीन साताअघि सम्वन्धन दिएको खुलासा भएको छ ।

चिकित्सा शिक्षासम्वन्धी विद्येयक संसदमा विचाराधिन रहेको समयमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति तिर्थ खनियाले आफैले तीन साताअघि त्रिवि कार्यकारी परिषद्को बैठकबाट उक्त कलेजलाई सम्बन्धन दिने निर्णय भएको जानकारी दिएका छन् ।

एक महीनाअघि सर्वोच्च अदालतबाट पुनः तोकता गर्न नपर्ने गरी त्रिविबाट निर्णय गराउन सर्वोच्चको निर्देशन आएकाले सम्बन्धन दिने निर्णय गरेको खनियाले दाबी गरेको समाचार हिमाल खबर पत्रिकाले छापेको छ ।

उनका अनुसार नेशनल मेडिकल कलेजले त्रिविलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा हालेको र त्यस विषयमा अदालतमा छलफल हुँदा त्रिविका पदाधिकारी नै अदालतको मानहानीमा पर्ने डर भएकाले नेशनल मेडिकललाई सम्बन्धन दिइएको हो ।

नेशनललाई सम्बन्धन दिन सर्वोच्चबाट २०७१ सालमा फैसला भएकोमा त्यति नै बेला फैसला कार्यान्वयनका लागि त्रिविलाई पत्राचार भए पनि कार्यान्वयन नसकेको खनियाको भनाई छ । अदालतको फैसलापछि प्रधानमन्त्री कार्यालय र आईओएमबाट पनि नेशनललाई सम्बन्धन दिन दबाब आएको उनको भनाई छ ।

Advertisement

Advertisement

Advertisement