पत्रकार महासंघमा युनियन-सेन्टर गठवन्धनका आचार्य विजयी, पदाधिकारी सबै आचार्य समूहबाट

Advertisement

काठमाडौंः नेपाल पत्रकार महासंघको अध्यक्षमा काँग्रेसनिकट नेपाल प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टर गठवन्धनका गोविन्द आचार्य निर्वाचित भएका छन् । आचार्य आफू सेन्टरका हुन । उनी यसअघि महासंघको उपाध्यक्षसमेत भएका थिए ।

राजधानीमा सम्पन्न २५ औं महाधिवेशनमा प्रेस चौतारीका तीर्थ कोइरालालाई हराउँदै आचार्य १०५ मतले विजय भएका हुन । आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार उजीर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले छ मत पाए ।पदाधिकारीमा पूरै आचार्य समूह निर्वाचित भएका छन् भने सदस्यमा केही चौतारी समूहबाट आउने संभावना देखिएको छ ।

जसअनुसार उपाध्यक्ष खुल्लामा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतल महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एसोसिएसट सचिवमा प्रकाश थापा, कोषाध्यक्षमा राजेश मिश्र र लेखा समिति संयोजकमा रोशन पुरी निर्वाचित भएका छन् । यसअघि महासंघमा चौतारी र सेन्टरको गठवन्धन रहेको थियो ।

fnj

Advertisement

Advertisement

Advertisement