काठमाडौं नेशनलको सम्वन्धन प्रकरण अध्ययन गर्न समिति गठन

Advertisement

काठमाडौंः गोप्यरुपमा काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्वन्ध दिने त्रिभूवन विश्वविद्यालयको निर्णय अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले आठ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

मापदण्ड विना हचुवाको भरमा सम्वन्धन दिइएको कुरा बाहिर आएपछि मन्त्रालयले यस विषयमा अध्ययन सुरु गरेको हो । त्रिविका उपकुलपति तीर्थ खनियाँले भने सर्वोच्च अदालतको आदेशका कारण बाध्य भएर आफूले सम्वन्धन दिएको बताएका छन् ।

स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको सुधारका लागि डा गोविन्द केसीको आन्दोलन चलिरहेको बेला मापदण्ड विनाको अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिइएको हो । मन्त्रालयले बनाएको समितिको सदस्यहरुमा डा. दिपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, डा. भोलाराम श्रेष्ठ, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, डा. रुना झा, डा. स्वयम्‌प्रकाश पण्डित, कविता अर्याल र भवनाथ खतिवडा छन् ।

समितिलाई अध्ययन गर्न एक हप्ताको समयावधि दिइएको छ । यसले उक्त अस्पताल (प्रस्तावित नेशनल मेडिकल कलेज)ले सञ्चालन प्रक्रिया पूरा गरेको वा नगरेको, मापदण्ड पुगेनपुगेको अवस्थाको अध्ययन गर्नेछ ।

Advertisement

Advertisement

Advertisement