एनआरएनए थाइल्याण्डद्धारा सप्तरीका बाढी पीडितका लागि झण्डै १० लाख सहयोग

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले बाढी पीडितहरुको सहयोगका लागि झण्डै १० लाख रुपियाँ सहयोग प्रदान गरेको छ । एनआरएनए थाइल्याण्डका अध्यक्ष आसाजिता अवाले र कोषाध्यक्ष कान्छा गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य खगेन्द्र ढकाललाई सोमबार नौ लाख ६० हजार रुपियाँ हस्तान्तरण गरे ।

उक्त रकम सप्तरीका बाढी पीडितहरुका लागि खर्च हुनेछ । उक्त रकम तत्कालै गैरआवासीय नेपाल संघको काठमाडौंस्थित बाढी पीडित राहत कोषमा जम्मा हुने ढकालले जानकारी दिए । रकम बुझेपछि उनले छोटो समयमा एनआरएनए थाइल्याण्डले संकलन गरेको रकमको सही सदुपयोग हुने भन्दै सहयोगदाताहरुप्रति धन्यवाद दिए ।

कोषाध्यक्ष गुरुङका अनुसार कुल संकलित सहयोगमध्ये सात लाख ३० हजार रुपियाँ राहत प्याकेज वितरण तथा स्वास्थ्य शिविर सञ्चालका लागि गैरआवासीय नेपाली संघको राहत कोषमा जम्मा गरिएको र बाँकी दुई लाख ३० हजार रुपियाँ संघको महिला कल्याणकारी कोषमा जम्मा गरिएको बताए । पछिल्लो रकम सप्तरीमा पौष्टिक आहारबाट बन्चित महिलाहरुका लागि खर्च गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement