‘बाहुबलीे’ सीक्वेलपछि प्रभासको पारिश्रमीक ३० करोड !

Advertisement

काठमाडौंः ‘बाहुबलीे’ का दुबै सीक्वेल हिट भएपछि दक्षिण भारतीय अभिनेता प्रभासले आफ्नो पारिश्रमीक हवात्तै बढाएका छन् । उनले ‘बाहुबलीे’ भारत र विश्वभर सार्वाधिक व्यापार गरेको मौका छोप्दै पारिश्रमीक २०–२५ करोडबाट बढाएर ३० करोड बनाएका हुन् । ‘बाहुबलीे’ चर्चीत भएपछि प्रभास सबैका नजरमा पर्न थालेका हुन् र अब उनको पारिश्रमीक प्रति फिल्म ३० करोड भारु हुनेछ् ।

प्रभासले ‘बाहुबलीे’ पछिको पहिलो फिल्म ‘साहो’ का लागि ३० करोड भारु मागेको बताइन्छ । उक्त फिल्म तामिल, हिन्दी,तेलुगु र अन्य केहि भाषामा समेत रिलिज हुनेछ । उनले त्यस फिल्ममा श्रद्धा कपुरसँग स्क्रीन सेयर गर्दैछन् । यति रकम बलिउडका तीन खानसहित अन्यले पनि लिने गरेका छन् ।

यस्तै दक्षिण भारतीय अभिनेता रजनीकान्त सार्वाधिक महगो पारिश्रमीक लिने एक्टरमा पर्दछन् । उनको आफ्नो पारिश्रमीक ५० देखि ६० करोड भारु छ । दक्षिण भारतीय अभिनेता उनी एसियाकाई सार्वाधिक महगो पारिश्रमीक लिने अभिनेताको सुचिमा पर्दछन् ।

 

Advertisement

Advertisement

Advertisement