डीआईडी चेन अब नेपाली बजारमा

Advertisement

काठमाडौंः डाइडो इन्डियाले उत्पादन गरेको डीआईडी ब्रान्डको बाइक चेन नेपालमा पहिलो पटक भित्रिएको छ । नेपालमा डीआइडीकोको आधिकारीक बिक्रेता सत्यदिप इन्टरनेसनलले चेन भित्र्याएको हो ।

एक कार्यक्रमकाबीच डाइडो इन्डियाका म्यानेजिङ डाइरेक्टर कात्सुसी कियोसिगे र डेपुटी जनरल म्यानेजर अंकुश जैन तथा सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव हमालले संयुक्त रुपमा चेन किट सार्वजनिक गरेका हुन् ।

जापानमा मूख्य कार्यालय रहेको डाइडो कोग्योले सन् २०१४ देखि भारतमा चेन किट उत्पादन सुरुगरेको थियो । भारतको राजस्थानमा अवस्थित डाइडो इन्डियाको कारखानामा प्रत्येक वर्ष ४० लाख चेन किट उत्पादन गर्ने क्षमता छ ।

कारखानामा विभिन्न प्रविधि प्रयोग गरी गुणस्तरीय चेन उत्पादन हुने जनाइएको छ । विश्वका विभिन्न ११ देशका १४ स्थानमा डीआईडी चेन उत्पादन हुन्छन् । अन्य कम्पनीको चेन भन्दा हलुका, टिकाउ र गुणस्तरीय हुनुका साथै विश्वसनिय समेत भएकाले नेपालमा बजारमा यसको राम्रो ब्यापारिक सम्भावना रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement